My Instragram Photos

Friday, March 8, 2013

काग र बकुल्लाको कथा

हेटौडा शहरमा पहिले ठुला ठुला रुखहरु थीए । त्यस रुखहरुमा लोपोन्मुख चरा चुरुङगीहरुको बास थीयो । समयको स्पीड संगसंगै रुखहरु काटीए । खुल्ला ठाँउमा महलहरु बन्न थाले । अलीक अग्लो स्थान बाट हेर्दा इट्टा भट्टा जस्तो देखिन थालेको छ हेटौडा । हुनत नगरपालीकाले सडकको छेउ छाउमा अशोकको बुट्यानहरु  रोपेर कृत्रिम सौन्दर्य थप्ने प्रयास गरेता पनी यो चरा चुरुङगी मैत्री छैनन ।



हेटौडा मेनरोड













बजार झेत्रको अग्लो घरको कौसीमा बसेर अस्ताउदो सुर्यको फोटो खिच्दै थींए । 


एक्कासी चराहरुको खैलाबैला सुनीयो । एक हुल करीब २५० वटा जती बकुल्ला हरु उडेर यो बजारको एकमात्र अग्लो रुखमा आएर बसें । 


अनी बर्षो देखी त्यो रुखमा गुँड बनाएर एकाधिकार कायम गरेका कागहरु बकु्ल्लाहरु लाइ लखटदै आइपुगे ।


काग बकुल्लालाइ ढुङगदै गर्छ बकुल्ला अटेर गरेर बस्छ । 


केहि निर्बल बकुल्लाहरु उडेर जान्छन 


बकुल्ला हरु शान्तीपुर्बक प्रतिकार गर्देछन, पखेटा फडफडाएर ।


आखीरमा बकुल्लाहरु हटदै नहटेपछी कागहरु हार खाएर अन्यत्रै जान्छन । 


छोटो भिडीयो  ।


बनमा बस्ने चराहरु बनमै रमाउछन । रुख काटदै जाने हो भने काग जस्ता मानब समाजमा घुलमिल भएर बस्ने चराहरु काहाँ बस्छन ?


"Save The Tree"