My Instragram Photos

Sunday, May 27, 2012

ग्लोबल वार्मिङको प्रभाब ~~ गर्मीले जनजिवन प्रभावित


केहि दिन देखि बढेको प्रचण्ड तापले नेपालको अन्य ठाँउहरुमा जस्तै हेटौंडा तथा आसपासको क्षेत्रहरु मानिसहरुको दैनिक जनजिवनमा नै प्रभाव पर्ने गरि गर्मी बढेको छ । दिउसोको समयमा मानिसहरुको बजारमा चहलपहल एकदम कम छ ।
१ र २ गतेको हेटौंडाको दिउसोको तापक्रम ३८ डिग्रि सम्म पुगेको थियो । केहि दिन अधि मुसलधारे वर्षा भएपछि नगरबासीहरुले शितल महशुस गरेता पनि हालका दिनहरुमा गर्मी बढेर दैनिक जनजिवननै प्रभावित भईरहेको छ ।

“२० बर्ष अघि सम्म पनि हेटौंडामा कसैको घरमा पंखा राख्नु पर्दैन थियो, बिहान बेलुकि सिरक नओढि सुत्नै सकिदैन थ्यो तर अहिलेको अवस्था आउनुमा कली लागेर पाप बढेको अनी बनजङ्गल कटान तिब्र भएकोले यस्तो भएको हो “ हे.न.पा. वडा नं.५ बस्ने ८३ बर्षिय बयोबृद्ध मन नाथ चौलागाई भन्नुहुन्छ ।
"गर्मीमा दैनिक रिपोर्टिङ्ग तथा पत्रिकाको अन्य काम गर्न पनि गाह्रो परेको छ बजारमा दिउसो हिडदा तातो पानी तताएर मुखमा फालेको जस्तो अनुभव हुन्छ "भन्नुहुन्छ संञ्चारकर्मी राधा सापकोटा ।
बिद्युतको अघोषित तथा अनियमित लोडसेडिङ्ग तथा पानीको नियमित आपुर्तीमा कमीको कारणले यो प्रचण्ड गर्मीमा हेटौंडा नगरबासीहरु दिनदिनै आक्रान्त बनेका छन । फुर्सदिला मानिसहरु सांझ परेपछि खोलातिर नुहाउन तथा केहि राहतको अनुभुती गर्न उचाइ तिर जान थालेका छन ।

जलवायु परिवर्तन अहिले विश्वव्यापी चासो र चुनौती भएको छ। विश्वमा बढ्दै गएको आधुनिकीकरण, औद्योगिकीकरणले वातावरण असन्तुलन हुने क्रम बढ्दो छ। बिग्रदो वातावरणीय असरका कारण पृथ्वीको तामक्रममा बृद्धि भई जीवित प्राणी र निर्जीव वस्तुका लागि चुनौती भएको छ।

जलवायु परिवर्तन ज्ञद्धछऔषत मौसमज्ञद्धट को स्थितिमा परिवर्तन हो। जसले प्राकृतिक प्रणालीभित्र जहाँ जुन किसिमको प्राकृतिक सम्पदाको रुप थियो त्यसमा प्रभाव पर्न जान्छ। जसको फलस्वरुप तापक्रम बढ्दै जाँदा हाम्रा हिमाली क्षेत्रको हिउँहरु पग्लन थालेका छन् गत हप्ता सेती नदीको बाढी पनी ग्लोबल वार्मिङको प्रभाब हो। त्यस्तै पानी पर्ने मौसममा पानी नपरी अन्य मौसममा पर्ने, अधिक वर्षा, न्यून वर्षा अवधि छोटिनु, जाडो मौसममा समयमा जाडो हुनु, फूलफूल्ने समयभन्दा अन्य समयमा फूल फूल्न थाल्नु जस्ता कार्य मौसम परिवर्तनका कारण प्राकृतिक प्रणालीमा प्रभाव पर्नु हो।

स्वास्थ्य जीवनका लागि स्वच्छ वातावरण आवश्यक पर्दछ। वातावरणीय स्थितिमा नकारात्मक प्रभाव परे त्यसको प्रत्यक्ष असर पृथ्वीमा अस्तित्वमा रहेका प्राणीभित्र पर्दछ। वायुमण्डलीय क्षेत्रमा भएको तापक्रममा आएको परिवर्तनले मौसम र हावापानी असन्तुलित भई गर्मी बढ्दै जान थाल्दछ। विशेषज्ञका अनुसार, वातावरणीय असन्तुलनले अम्लीय वर्षा हुने र त्यसको वनस्पतिजन्य सम्पदा नष्ट गर्ने, अधिक तापक्रमले ओजोन तह पातलिंदै गएर ठाउँ–ठाउँबाट छिद्र भई सूर्यको हानिकारक किरण मानिसको शरीरमा प्रवेश भई छालाको क्यान्सर, आँखाको ज्याति नष्ट हुने र शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदै जाने जस्ता शारीरिक स्वास्थ्य समस्याका संकेतहरु देखापर्दछन्,अम्लीय वर्षा तथा पानीमा आर्सेनिक मिश्रण भई फोक्सोको क्यान्सर तथा झाडापखालाको समस्या पनि उत्पन्न हुनसक्दछ।

वातावरणीय प्रभावका कारण हावामा धूलो धुवाँको कणले खोकी लाग्ने, टाउको दुख्ने, एलर्जीको समस्या, नाक तथा घाँटीको रोगको समस्या, दमको रोग, स्वासप्रश्वास तथा मुख सुख्खा हुने जस्ता रोगका समस्यहरु देखापर्ने विज्ञहरुले बताउँदै आएका छन्।

विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार स्वास्थ्य स्थिति अनकूल नभएका मुलुकको कुल मृत्युको २० प्रतिशत जलवायु परिवर्तन र पर्यावरणीय प्रर्दषणका कारणबाट हुने गरेको छ। वातावरणीय समस्याका कारण उत्पन्न समस्याले असुरक्षित र अशुद्ध खानेपानी, सरसफाई एवं वायु प्रदूषणले मानिसलाई मृत्युको मुखमा पुर्याइरहेको छ भने शुद्ध खानेपानी र सरसफाइको अभावमा वर्षेनी विश्वका चार अर्ब मानिसले झाडापखालाबाट पीडित तथा करिब १८ लाख व्यक्तिले ज्यान गुमाउने गरेको तथ्यांक छ।
(तथ्यांक हरु बिभिन्न वेवसाइट बाट साभार )