My Instragram Photos

Thursday, December 29, 2011

मलाई त आफ्ना ले लुटे

मलाई त आफ्ना ले लुटे, पराईमा कँहा दम थ्यो !
मेरो हड्डी त्याहा. भांचे, जँहा हास्पिटल बन्द थ्यो !
मलाई जुन एम्बुलेंसमा हाले, ... त्यसको पेट्रोल ख़तम थ्यो !
साला हरुले रिक्सा मा हाले, किनकी त्यसको भाड़ा कम थ्यो !
मलाई डाक्टर ले उपचार गरे, मोरी नर्समा कँहा दम थ्यो !
मलाई जुन बेडमा राखे, मुनि आलु-बम थ्यो !
मलाई त बमले उडाए, गोली मा कँहा दम थ्यो |

साईकल पर्यटनमा मकवानपुर

मकवानपुर जिल्ला लाई पर्यटकिय गन्तब्य बनाई आउने तेस्रो मुलुकको पर्यटकहरुको संख्यामा उल्लेखनिय सुधार आएको छ । पहिले पहिले फाट्ट–फुट्ट रुपमा आउने र बाटोमा पर्ने भएकोले दामन र हेटौंडामा रात्री बिश्राम गर्ने गरी आउने गरेतापनि अहिले मकवानपुरको उत्तरी क्षेत्रको दृष्यालोकन गर्दै हेटौंडा झर्ने साईकल पर्यटकहरुको संख्यामा बृद्धि आएको छ । सुन्दरीजल, धुलिखेल, नगरकोट जस्ता प्रख्यात साईकल रुटको सट्टामा नौबिसे–दामन–हेटौडा हुदै सौराहा तथा पोखरा सम्मको रुटको माग बढदै गएको जनाएको छ ।

पहिला पहिला साईकल यात्रीहरु २,३ जना मिलेर स्वतन्त्र रुपमा बिचरण गर्ने गरेका थिए आहिले समूहगत रुपमा १५ देखि २० जनाको समूह बनाई आउने गरेको पाईएको छ । “बिशेष गरी बेलायत, न्यूजील्याण्ड तथा नर्बे साथै यूरोपेली मुलुकका पर्यटकहरु मकवानपुर जिल्लालाई बिशेष लाईक गरेको पाईएको छ रुटको छनौट स्वयं साईकलयात्री हरुले उतैबाट गर्दछन” भन्छन डाउन टिल डस्कका बरिष्ट टुर अपरेटर श्रीकुमार ।

“दामन रुट बिश्वकै राम्रो साईकल रुटमा पर्दछ काठमाण्डौंको कोलाहल बाट शुरु गरेको यात्रा टिस्टुङको उकालोको थकाई मेटाउन त्याहाँको मनोरम दृष्य प्रयाप्त छ , केहि समय पछि दामन आईपुग्दा भान हुन्छ हामी हिमालयको काखमा छौ । अत्यन्तै रमणिय, म संग बर्णन गर्ने शब्दहरु छैनन ” भन्नुहुन्छ ब्रिटेनका फिलिप जस्को यो दामन रुटमा १६ औ पटकको साईकल यात्रा हो । साथै वहाँले यस रुटमा पर्यटकले भोग्नु परेको समस्याको बारेमा पनि बर्णन गर्न छुटाएनन ।

“नेपाल आउने पर्यटकहरु एकपटक दामन हुदै हेटौडा आउनै पर्ने बताउदै टम (जो १३ औ पटक नेपाल घुम्न आएका हुन) भन्छन , मेरो बिचारमा पर्यटकहरुलाई बिश्राम गर्न सेडहरु बनाउने, सफा शौचालयको ब्यबस्था गर्ने, तथा फोहोर फाल्न कन्टेनरहरुको प्रयोग गराउने जस्ता न्यून पूर्वाधारहरु तयार भएमा यो मार्ग नेपालकै नं १ पर्यटकिय मार्ग हुनेछ भन्दै उनलाई बाटोभरी चाउचाउ, बिस्कुटका खोल तथा कागजहरु यत्रतत्र छरेको मन परेन रे ।

प्रत्येक पर्यटक बोक्ने गाडीहरु चाहे ती पोखरा जादै हुन या सौराहा ती गाडीहरु दामन–हेटौंडा हुदै जानुपर्ने ब्यबबस्था गर्न सके मकवापुरको पर्यटन बिकाशमा महत्वपुर्ण भुमिका हुने थियो, यस्ले गर्दा पृथिवी राजमार्गमा हुने सवारी चाप घटाउन केहि सहयोग पुग्छ र पर्यटकहरुलाई दामनको रुट बाट लैजादा उनीहरुले यस रुटमा भएको लालीगुराँस, सुनगाभा साथै जैबिक बिभिदता लगायत हिमालयको दृष्यपान गर्न पाउने छन र उनीहरुलार्ई अर्को पटक नेपाल आउन यस क्षेत्रको संझनाले घचघच्याई रहनेमा दुई मत रहदैन ।

राज्यले पर्यटन बर्ष मनाईरहदा स्वयं पर्यटकले साधारण भौतिक पुर्वाधारको आवश्यक्ताको सुझाबहरु दिदैछन भने पर्यटन बर्षको औचित्य के रहयो र ? अब अर्को पर्यटन बर्ष मनाउदा पर्यटन बर्षलाई मिडियामा मात्र सिमित नगरी प्रशस्त पूर्वाधारहरु तयार गरीसके पछि मात्र घोषणा गर्नु उचित रहला

म्यारिज

टिकाटालोलाई चाहिन्छ,

भनी नयां नोट ननिकाल्ने हरु ।

गेडामा म्यारिज खेल्नेहरु ।

गेडा खतम,हिसाब गर्दा लाग्यो भन्नेहरु ।

यस्ता संग साबधान


१ रुप्पे पंइन्ट,

ला.... माल परेन भन्दै रुनेहरु ।

गेडा हरायो भनी झेल गर्नेहरु ।

मालको अंक बढाउनेहरु ।

यस्ता संग साबधान


अझ आफुलाई तेईस पत्ति बाडँनेहरु ।

नछुटेको अबस्थामा छुटाउनेहरु ।

पेल्यो भनी कराउनेहरु ।

यस्ता संग साबधान


सुर्ति खाईपिच्च पिच्च थुक्नेहरु ।

छिनछिनमा भोकाउनेहरु ।

कोठै दुर्गन्ध पार्ने बायू त्याग गर्नेहरु ।

अर्काको पाए लालमुन,

रसबरीमा चिनि मिसाई खानेहरु ।

यस्ता संग साबधान

मलाई जस्तै कौतुहलता जागेको होला कि नम्बर प्लेटको माथिल्लो पट्टि अन्तिममा लेखिने अक्षरको अर्थ के हो र कसरी राखिन्छ बुझिराखौ!

मलाई जस्तै कौतुहलता जागेको होला कि नम्बर प्लेटको माथिल्लो पट्टि अन्तिममा लेखिने अक्षरको अर्थ के हो र कसरी राखिन्छ बुझिराखौ!

1.कम कर तिर्ने, कलंकित कम्पनि या कारखानाका सवारी छन् भने तिनीहरुलाई “क” ले जनाइने रहेछ! जस्तो: बा १ क...

2.खोयाबिर्को खाने, खलासीले चलाउने र खोलातिर हाल्ने भाडाका सवारीलाई “ख” लेखिने रहेछ| जस्तो बा-१ ख..भाडाका बस ट्रक यसका उदाहरण हुन!

3.गभर्मेन्ट का गोलि गठ्ठा बोक्ने र गभर्मेन्टका गुण्डाहरु चढ्ने सवारी साधनको अन्तिम अक्षर “ग” लेखिन्छ|आर्मी पुलिसका सवारी यसका उदाहरण हुन! जस्तो बा १ ग

4.सर्वसाधारण जनतालाई घात गर्ने घातक संघ संस्था र घुसखोरीले घायल भैसकेका कम्पनीको सवारी साधनको नम्बर “घ” राखिन्छ! जस्तो बा १ घ

5. चुतिया चाकरीबाज चढेर चारै तिर घुम्ने तर इमान्दार पेसेन्जर चढाउने अनुमति नदिएका चारपांग्रे सवारीलाई अन्तिम अक्षर “च’दिइन्छ| त्यसैले कार को नम्बर प्लेट बा १ च हुनेरहेछ|

6.जहाँपनी रोक्ने, जसलाई पनि जाक्ने तथा जथाभावी भाडा उठाउने तर जाँचबुझ भएपनि जरिवाना नतिर्ने सवारीलाई नम्बर प्लेटमा “ज” राखिन्छ| जस्तो माइक्रो बस, ट्याक्सीका नम्बर बा १ ज हुन्छ|

7.झुटो मात्रै बोल्ने, झ्याप भएर हिड्ने र झिना मसिना कुरामा झगडा गर्ने नेताहरु चढ्ने सवारीको नम्बर प्लेटमा “झ” राखिन्छ|

8.पैसो नभएका ले समेत चढ्ने, प्रहरीले नियम परिवर्तन गरिरहने पछाडी चढ्न नपाइने, पुलिसले पासो थापेर पैसो लिइरहने र पिण्ड चाडै खान मन गरेकाहरुको सवारीमा “प” राखिन्छ| जस्तो मोटरसाइकलहावा प्रदुषण धेरै गर्ने हाम्रो हैसियत अनुसारको हरामी सवारी साधनलाई नम्बर प्लेटमा “ह” अक्षर दिईन्छ! जस्तो बा १ ह, विक्रम टेम्पु यसको उदाहरण हो|

यस्तो उचित नम्बर प्लेट कुनै पनि देशले लागु गर्न सक्दैन भन्ने मेरो ठहर छ |By sahityasansar

Sunday, December 11, 2011

पर्यटकको मृत्यु र हाम्रो कमजोरी

हामीले पर्यटन बर्ष मनाउने क्रममा, पर्यटकहरुको स्वागतमा तल्लीन हामी नेपालीहरुलाई एउटा दुखद घटनाले मर्माहित बनायो । नेपालको गुनगान गाउन कहिल्यै नहिच्कीचाउने दुई जना पर्यटकको मकवानपुर जिल्लाको नामटार गा.बि.स. स्थित राजपथमा बिहिबार मध्यान्ह मोटरसाईकल दुर्घटनामा मृत्यू भयो । उनीहरुले दुर्घटना हुनु भन्दा अगाडीको रात हेटौंडामा बिताएका थिए । त्यसै क्रममा उनीहरु नेपाल र नेपालीको ब्यबहार प्रति मोहित हुदै अर्को पटक नेपाल आउने बाचा गर्दै थिए । लालीगुराँस, सुनाखरी तथा अद्धितिय बनस्पतिहरुको प्राकृतिक संग्रहालय तथा बिभिन्न प्रजातिका जीब र चराचुरुङ्गी लगायतका जैबिक बिभिदताले भरपुर यस क्षेत्रमा जो सुकै पर्यटकहरु पनि शयर गर्न लालायित भएको देखिन्छ । यसै क्रममा न्यूजिल्याण्डको क्यारोल र मार्क नाम गरेका ति पर्यटक दम्पती यस क्षेत्रको शयर गर्ने क्रममा मकवानपुर जिल्लाको सुन्दरता संगै सदाको लागी बिलिन हुन पुगे ।

नेपालकै अब्बल मनोरम हेटौंडा–दामन–काठमाण्डौं पर्यटकिय मार्गमा भएको यो दुर्घटना के कति कारणले भयो भन्ने बारे स्पष्ट समाचार आउन सकेको छैन । स्थानियको अनुसार कुनै गाडीले ठक्कर दियो भन्छन, त्यस्तै कसैले स्पिडमा भएकोले मोटर साईकल लडेको भन्छन, तर जे जस्तो अनुमान गरे पनि नयां आउने पर्यटकलाई मार्गको बारेमा प्रशस्त जानकारी नभएकोले यो दुर्घटना भएको अनुमान गर्न सकिन्छ । यस्का लागी पर्यटन ब्यबसाय संग सम्बद्ध ब्यक्ति तथा संस्थाहरुले यथेष्ठ जानकारी गराउन नसक्नु पनि दुर्घटना कारक हुन सक्दछ । साईकल तथा मोटर साईकल भाडामा दिने संस्थाले पनि उक्त मार्गको बारेमा जानकारी दिनु पर्दछ ।
साईकिलीङ्गमा उत्कृष्ठ रुटको रुपमा आफ्नो पहिचान बनाउने क्रममाः यो मार्गमा सडक चिन्ह तथा सुरक्षा सम्वन्धि ट्राफिक चिन्हहरुको नामोनिशान भेटिदैन, अगाडी कस्तो मोड छ रु मोडपछि कस्तो बाटो छन रु ओरालो भिरालो कस्तो बाटो छन रु सवारीको गति कतिमा सिमित गर्नु पर्ने हो रु जस्ता कुराको जानकारी चिन्हहरु कतै भेटिन्न , न त सडक बारको ब्यबस्था छ , ठांउ–ठांउमा सडक भत्केर खाल्डा–खुल्डी छन, मर्मत गर्ने चासो देखाएको छैन । हामी नेपालीहरुलाई त सडक चिन्हको बारेमा न त जानकारी छ न त हामीले यस्को पालना नै गछौं , तर बिदेशीहरु यस्ता सडक चिन्ह प्रति एकदमै सचेत हुन्छन बिदेशमा यस्ता चिन्ह तथा संकेतको फलो गरेर सवारी चलाईन्छ । “जोगीको घरमा कुबेर पाहुना” भने झै पर्यटन बर्ष भनेर प्रचार प्रसार मात्र गरेर हुदैन पर्यटकहरुलाई आबश्यक पुर्वाधारहरुको पनि संगसंगै बिकाश हुनु जरुरी छ यहि पुर्वाधार अन्र्तगत सडक सुचना चिन्हहरुले बिशेष महत्व राख्दछ । यो राज्यको दायित्व होईन र रु पुर्ण रुपले अनिबार्य सवारी कर उठाउने राज्यले ट्राफिक चिन्हहरु राख्न नसक्नु घोर बेइज्जती होईन र रु हाम्रो सुन्दर देशको बिदेशमा नकरात्मक सन्देश जादैन र रु
मृत्यू भैसके पछि “मानिसको दिन आएपछि कस्को के लाग्छ” भनेर चित्त बुझाउने हामी नेपालीको बानी छ अर्थात मरेर गयो २–४ दिन पछि सबैले त्यो कुरा बिर्सन्छन तर भबिश्यमा यस्ता टुर्घटना न्यूनीकरण गर्न समयमै सचेत भई कमी–कमजोरी लाई हटाउने प्रयास गर्नु जरुरी छ , आशा गरौ भबिश्यमा हाम्रो दामन पर्यटकिय रुटको प्रत्येक मोडहरु चिहान डांडामा परिणत हुन पाउने छैन ।