My Instragram Photos

Thursday, December 29, 2011

साईकल पर्यटनमा मकवानपुर

मकवानपुर जिल्ला लाई पर्यटकिय गन्तब्य बनाई आउने तेस्रो मुलुकको पर्यटकहरुको संख्यामा उल्लेखनिय सुधार आएको छ । पहिले पहिले फाट्ट–फुट्ट रुपमा आउने र बाटोमा पर्ने भएकोले दामन र हेटौंडामा रात्री बिश्राम गर्ने गरी आउने गरेतापनि अहिले मकवानपुरको उत्तरी क्षेत्रको दृष्यालोकन गर्दै हेटौंडा झर्ने साईकल पर्यटकहरुको संख्यामा बृद्धि आएको छ । सुन्दरीजल, धुलिखेल, नगरकोट जस्ता प्रख्यात साईकल रुटको सट्टामा नौबिसे–दामन–हेटौडा हुदै सौराहा तथा पोखरा सम्मको रुटको माग बढदै गएको जनाएको छ ।

पहिला पहिला साईकल यात्रीहरु २,३ जना मिलेर स्वतन्त्र रुपमा बिचरण गर्ने गरेका थिए आहिले समूहगत रुपमा १५ देखि २० जनाको समूह बनाई आउने गरेको पाईएको छ । “बिशेष गरी बेलायत, न्यूजील्याण्ड तथा नर्बे साथै यूरोपेली मुलुकका पर्यटकहरु मकवानपुर जिल्लालाई बिशेष लाईक गरेको पाईएको छ रुटको छनौट स्वयं साईकलयात्री हरुले उतैबाट गर्दछन” भन्छन डाउन टिल डस्कका बरिष्ट टुर अपरेटर श्रीकुमार ।

“दामन रुट बिश्वकै राम्रो साईकल रुटमा पर्दछ काठमाण्डौंको कोलाहल बाट शुरु गरेको यात्रा टिस्टुङको उकालोको थकाई मेटाउन त्याहाँको मनोरम दृष्य प्रयाप्त छ , केहि समय पछि दामन आईपुग्दा भान हुन्छ हामी हिमालयको काखमा छौ । अत्यन्तै रमणिय, म संग बर्णन गर्ने शब्दहरु छैनन ” भन्नुहुन्छ ब्रिटेनका फिलिप जस्को यो दामन रुटमा १६ औ पटकको साईकल यात्रा हो । साथै वहाँले यस रुटमा पर्यटकले भोग्नु परेको समस्याको बारेमा पनि बर्णन गर्न छुटाएनन ।

“नेपाल आउने पर्यटकहरु एकपटक दामन हुदै हेटौडा आउनै पर्ने बताउदै टम (जो १३ औ पटक नेपाल घुम्न आएका हुन) भन्छन , मेरो बिचारमा पर्यटकहरुलाई बिश्राम गर्न सेडहरु बनाउने, सफा शौचालयको ब्यबस्था गर्ने, तथा फोहोर फाल्न कन्टेनरहरुको प्रयोग गराउने जस्ता न्यून पूर्वाधारहरु तयार भएमा यो मार्ग नेपालकै नं १ पर्यटकिय मार्ग हुनेछ भन्दै उनलाई बाटोभरी चाउचाउ, बिस्कुटका खोल तथा कागजहरु यत्रतत्र छरेको मन परेन रे ।

प्रत्येक पर्यटक बोक्ने गाडीहरु चाहे ती पोखरा जादै हुन या सौराहा ती गाडीहरु दामन–हेटौंडा हुदै जानुपर्ने ब्यबबस्था गर्न सके मकवापुरको पर्यटन बिकाशमा महत्वपुर्ण भुमिका हुने थियो, यस्ले गर्दा पृथिवी राजमार्गमा हुने सवारी चाप घटाउन केहि सहयोग पुग्छ र पर्यटकहरुलाई दामनको रुट बाट लैजादा उनीहरुले यस रुटमा भएको लालीगुराँस, सुनगाभा साथै जैबिक बिभिदता लगायत हिमालयको दृष्यपान गर्न पाउने छन र उनीहरुलार्ई अर्को पटक नेपाल आउन यस क्षेत्रको संझनाले घचघच्याई रहनेमा दुई मत रहदैन ।

राज्यले पर्यटन बर्ष मनाईरहदा स्वयं पर्यटकले साधारण भौतिक पुर्वाधारको आवश्यक्ताको सुझाबहरु दिदैछन भने पर्यटन बर्षको औचित्य के रहयो र ? अब अर्को पर्यटन बर्ष मनाउदा पर्यटन बर्षलाई मिडियामा मात्र सिमित नगरी प्रशस्त पूर्वाधारहरु तयार गरीसके पछि मात्र घोषणा गर्नु उचित रहला

No comments:

Post a Comment