My Instragram Photos

Friday, March 8, 2013

काग र बकुल्लाको कथा

हेटौडा शहरमा पहिले ठुला ठुला रुखहरु थीए । त्यस रुखहरुमा लोपोन्मुख चरा चुरुङगीहरुको बास थीयो । समयको स्पीड संगसंगै रुखहरु काटीए । खुल्ला ठाँउमा महलहरु बन्न थाले । अलीक अग्लो स्थान बाट हेर्दा इट्टा भट्टा जस्तो देखिन थालेको छ हेटौडा । हुनत नगरपालीकाले सडकको छेउ छाउमा अशोकको बुट्यानहरु  रोपेर कृत्रिम सौन्दर्य थप्ने प्रयास गरेता पनी यो चरा चुरुङगी मैत्री छैनन ।



हेटौडा मेनरोड













बजार झेत्रको अग्लो घरको कौसीमा बसेर अस्ताउदो सुर्यको फोटो खिच्दै थींए । 


एक्कासी चराहरुको खैलाबैला सुनीयो । एक हुल करीब २५० वटा जती बकुल्ला हरु उडेर यो बजारको एकमात्र अग्लो रुखमा आएर बसें । 


अनी बर्षो देखी त्यो रुखमा गुँड बनाएर एकाधिकार कायम गरेका कागहरु बकु्ल्लाहरु लाइ लखटदै आइपुगे ।


काग बकुल्लालाइ ढुङगदै गर्छ बकुल्ला अटेर गरेर बस्छ । 


केहि निर्बल बकुल्लाहरु उडेर जान्छन 


बकुल्ला हरु शान्तीपुर्बक प्रतिकार गर्देछन, पखेटा फडफडाएर ।


आखीरमा बकुल्लाहरु हटदै नहटेपछी कागहरु हार खाएर अन्यत्रै जान्छन । 


छोटो भिडीयो  ।


बनमा बस्ने चराहरु बनमै रमाउछन । रुख काटदै जाने हो भने काग जस्ता मानब समाजमा घुलमिल भएर बस्ने चराहरु काहाँ बस्छन ?


"Save The Tree"


Sunday, February 10, 2013

भ्यालेन्टाइनका भेलहरु


भ्यालेन्टाइनका भेलहरु

७५ टेकेको डाक्टर सापले ६९ बर्षकी लक्ष्मीमायालाइ फुल दिदै भने, ह्याप्पी भेलेन्टाइन बुढी मैले नै गोडमेल गरेर फुलाएको गुलाबको फुल हो यो । बुढि ठुस्किदै भन्छिन "दिनोस्न त्यै सबिता भन्नि नर्सलाइ यो फुल, किन मलाइ चेपारे घस्नु हुन्छ । १० बर्ष अघि सम्म हाम्लाइ मतलब गर्नु हुन्नथ्यो ? तरुनि नर्सहरुलाइ यु आर माइ भ्यालेन्टाइन भन्नु हुन्तो अहिले बुढेशकाल लाग्यो तरुनिहरुले वास्ता गर्न छाडे अनि बुढि चाहियो हैन? "जवान छदाँ पढन र क्यारियर बनाउन ब्यस्त हुनु भो हामिलाइ बच्चा पैदा गर्ने मेसिन ठान्नु भो । बुढि एक्लै बर्बराउदै थिन डाक्टर मुसुमुसु हास्दै थिएँ ।
ए भौतीऽऽऽऽ पेट जोडिइसक्यो तेरो डाम्नाहरुको, बाख्राहरु फुकाएर चरौन लानु पर्देन? माथि पाखाबारी बाट आमाको चिच्याइ सुनेर मन अमिलो बनाएर गोठ तिर लाग्छिन भगबती बाख्रा फुकाउन ।
खोल्सीको छेउमा लोकगित गाउदै थिइन अम्बर पनी आइपुग्यो बाख्रा छेक्दै, ति दुइको आँखा चार । भए भात खाइस अम्बरे? खाँए। छोटो जबाफ । आज त भ्यालेन्टाइन रे नी भगबती ! था छ तँलाइ ? खै था'छैन मलाइ त यो भ्लाङटाङग भन्या- के रैछ अम्बरे? "आजको दिन गरेको प्रेम जिन्दगिभरको लागी नटुटने हुन्छ अरे- अम्बरले भन्यो । अनि अम्बर भगवतीको हात च्याप्प समाउछ । भगवती बिजुलि चम्केको झै गरी तर्सिन्छीन "छ्या के गर्या अम्बरे तैलै? कसैले देख्ला अनि इज्जेत बर्बाद हुन्छ आमाले मार्छीन । ब्या अघिनै बच्चा भयो भने ? अम्बर हाँस्दै भन्छ "ए लाटी छुदैमा बच्चा हुने हो र?  वाल्ल परेर अर्को ढुङगामा गएर बस्छ अम्बर । "हेर अम्बरे म १६ लागी रेँ आमाले भन्या, हिउदाँ केटा खोज्न परो भनेर बा संग  कुरा गरिराथीन'। अब भगबती टोलाउन थालिन अम्बर बर्बराउदै छ "हेर भगवती म पनि मलेसिया जान्छु  १ महिना भित्रै भिषा झर्दैछ हाम्रो सुन्दर भविस्यको लागि पैसा कमाएर आउछु अनि तँ र म ब्या गरौला । तँलाइ सुख्खले पालौला, तेति बेला सम्म तँ ब्या गर्दिन भनेर बसिराख है .......... बाख्राहरु तितर बितर भएकोले छेक्न दुबै जना दौडन्छन ।
 ३
"कोरीयाको नम्बर जस्तो छ' । सासुले भनेपछी हत्त न पत्त फोन उठाउछीन शर्मीला । हेलो ! हेलो ! ह्याप्पी भ्यालेनटाइन माइ डीयर । यू आर ए माइ स्विट भ्यालेन्टाइन । उता बाट बिक्रमको फोन! ३ वटा भ्यालेन्टाइ फोनबाट मनाइसके अनिहरुले । सानी छोरीले एकदमै मिस गरेकी छ हजुरलाइ! खाना पनि खान छोडीसकी खाली बाबा बाबा मात्र भन्छे, सुँक्क सुँक्क मिश्रित आवाजले- बिक्रमले बुझिसक्या हुन्छ छोरीले भन्दा छोरीको आमाले मिस गरेको भनेर । यता बरबराइरहेकी हुन्छिन शर्मीला बरु म पनि दुख गरौला, किराना पसल गरौला आउनोस फर्केर ...............
पोखराको लेकसाइडको एउटा होटलको रिसेप्सन दूइ जना इन्डियनको प्रबेश "भाइ साहब कमरा मिलेगा एसी वाली" हाँ मिलेगा-रिसेप्सनिस्ट केटोको जबाफ। और भ्यालेन्टाइन पार्टि वार्टि भी होगा ?" ह्याँ पर एसा तो नही होगा"- जबाफ। साइडमा उभिरहेको वेलब्वाइले गेस्टहरु पट्टी हेरेर आँखा सन्काउछ। ति भारतिय पाहुनाहरुले बुझ्छन । अनि सानो स्वरले "एसा क्या" भन्छन । आबश्यक फर्म भरीसकेसी बेलब्वाइले उनिहरुलाइ रुममा लान्छ "बोलीए भाइसाहब कैसा भ्यालेन्टाइन चाइए आपको ?  "गोरा चमडा वाली बुलवादो भाइ" कित्ना लेगी ? २० हजार होल नाइट २ लडकी का । उपर से खाना पिना आपका -बेलब्वाइको जबाफ । "ठिक है मङवादो ।
बाहिर निस्केर मोबाइलमा नम्बर लगाउछ त्यो बेलब्वाइले "हेल्लो प्रीती आउनि हो आज होल नाइट एक जना साथी लीएर? उताबाट के के भन्छन फेरी त्यो बेलब्वाइ भन्छ "एक जनाको तिनहजार" "डन" "मलाइ १ जनाको ५०० को दरले देउ" "हुन्छ" "तिमेरुलाइ त डबल फाइदा भ्यालेन्टाइन नि मनाउन पाइनी पैसो नी पाइने"?
रिसेप्सन अगाडी एक जना हिपहप लुगा लाएको गान्टे टाइपको करिब १७ बर्षको केटो र कपाल पुरै रातो पारेकी, अनी रातै लिपिस्टीक लाएकी करिब १५ की नानी बाबुहरु स्कुटर बाट उत्रन्छन । केटो स्कुटर बाट उत्रेसी सिधै रिसेप्सनमा गएर दाइ रुम चाहियो भनेर सोध्छ । अघि देखीनै सिसाबाट तिनीहरुलाइ हेरीरहेको रिसेप्सनिष्ट केटाले 'किन चाहियो रुम, कोहि ‍गेस्टहरु आउदैछन कि? भनेर सोध्छ केटोले सिधा जबाफ दिन्छ हैन "भ्यालेन्टाइन मनौन"  ए रुम त छैन- भनेर रिसेप्सनिष्टले भन्छ अनि केटा बरबराउदै बाहिर निस्कन्छ "क्या -र्याक गर्यो होटलवालले कत्तिन उसैको बैनि संग भ्यालेन्टाइन मनौन लाग्या जस्तो रुमै दिएन सालेले ............................
कलेजको छेवैको सानो गल्ली झै लाग्नी क्याफे- चुरोटको धुवाँ बुङबुङती उडाउदै ३ जना केटीहरु गफ गर्दैछन पहिलो केटी " ओइ आज के प्रोग्राम छ तिमेरुको ? आफ्नो त हल्का डिस्टर्ब होला जस्तो छ। दाइको टिकाटाला होला जस्तो छ आज–पोहोरको त्यो भ्यालेन्टाइन त गे परेछ यार लान चै गोदाबरी लग्यो खाली रुन्चे मुख लार आइलबयू मात्र भनिरन्छ यार हल्का एक्टिभिटिजै छैन त्यस्लाइ फेशबुकमै ब्लक ठोक्दिए यार यस्पाली त साथीको दाइको साथी को भाइ संग सेटिङग होला जस्तो छ ।
अर्कीको पालो "मेरो त मख्खीचुस थ्यो यार । लास्ट इयर नगरकोट लग्या थ्यो झन वाइन ख्वाउला भन्या त सस्तो भोडकामा क्रयानबेरी जुस हालेर वाइन हो भनेर दियो ३ दिन सम्म टाउको दुखीराथ्यो बेलका भएसी अरु ५ जना केटा र २ जना केटि साथीहरु पनि बोलायो । ग्रुप अरे त्यो पनि ओरल भन्दैथ्यो, भोडकाको ट्रीपमा त्यो दिन त केहि भएन भोलीपल्ट देखी १ हप्ता सम्म सानोपेट दुखिरहेको थ्यो । अनी पैसा पनि त्यो पछी आएका ग्रुपले तिर्या रे । १ महिना पछी त मन्थलीनै भएन यार लास्ट टेन्सन भएर त्यस्लाइ भने उ त ":सुको छैन पकेटमा" भनेर पन्छीयो अनी त्यो मेरो काकाले ल्याइदेको सेल बेचेर डेरामा बस्नी आँन्टि संग स्टोप्स सेन्टरमा गएर क्लीयर गराएर आँए। "आइ रियल्ली हेट हिम"
अब तेस्रीको पालो-"म त भ्यालेन्टाइन डे भनेसी लाइफमै बाहिर जान्न यार, लास्ट इयरमा भी डे सेलिब्रेट गर्न भनेर सुन्धाराको होटलमा गएको कप्सले रेड हानेर होल नाइट मामाघरमा राख्दीयो, कम्ता -र्याक भएन फैमिली मेम्बरलाइ बोलाएर जिम्मा लाउन पर्छ भन्दैथ्यो, मलाइ त सुसाइड गरौ जस्तो लाग्यो अनी एकजना कप्सलाइ फकाएर म तपाइलाइ इन्ज्वाय गराउला नी भनेर लास्ट रिक्वेट गरेसी छोडीदियो यार अनी त्यो साला डंन्ठेले सिक्स मन्थ सम्म होटलमा बोलाइरह्यो थ्याङक्स गड! त्यो कप्स ट्रान्सफर भए पछी रिल्याक्स भएको छ" । चुरोटको धुँवा बुङबुङति उडाउदै थीए।  

काल्पनिक कथा हो कसैको नाम वा घटना संग मेल खान गएमा संयोग मात्र ठहरिने छ