My Instragram Photos

Monday, February 6, 2012

पिडित

एई ,”हेर्न त्यो उशे पोहोरसम्म लौन दिदि यसो घरको काम दिनुस् न भन्न आउथी अहिले स्कुटर कुदाएपछि त बोल्न पनि पैसा पर्छ जस्तो गर्छेे” टोलतिरको महिलाहरु उस्को कुरा काटन थालिसकेका छन् ।

हुन पनि यो टोलले २ बर्षको अन्तरालमै उषा दिदिको जीवनमा आएको परिवर्तन देखेर दंग परेका छन् । गाउँबाट झर्दा एकसरो लुगामा एक ट्यांका सरसमान र ५ महिने काखे बालख छोरी च्यापेर उप्रेती सरको घरमा डेरा लिएर बसेका थिए । दीपक बिहानै डेराबाट काममा जान्थ्यो साँझ अबेर फर्कन्थ्यो, कुनै कम्पनीमा सेल्सम्यानको काम गथ्र्यो रे । तिन हजार÷पैतिस सयको तलबले तिनीहरुको जीवनयापनमा भएको कठिनाई छल्र्लङ्ग देखिन्थ्यो । १८ बर्षकी भएपनि २५ की जस्ती ख्याउटी, जवानीको रसै नपसेको जस्तो देखिने उषा बाटोमा कुनै आईमाईले कुर्ता सुरुवाल लाएको देख्दा पनि एकोहोरो त्यहि लुगामा नजर लगाईरहन्थी । उस्को हेराईमा नयां लुगा लगाउने अभिलाषा प्रष्टै देखिन्थ्यो ।
**************************************************************************************
“उप्रेती भाउजुले सय कडा ३ को ब्याजाँ ९० हजार दिएको रे “के भा यी उप्रती बज्यै डेरामा बस्नेलाई पैसा द्यया रै छिन् खाईदिन्छ अनि थाहा पाउलिन्” टोलतिरै सुनिन्थ्यो यस्ता गफ । अनी त्यस्को १ महिना पछि उस्को लोग्ने घर आउन छोडयो “बिदेश हानियो रे” फेरी हल्ला सुनियो । २० दिन जती त तलको कोठामा बस्ने उषा दिदि रोएरै बस्नु भयो उप्रेतीको छोरीले भनेको सुनेको थिए मैले ।
******************************************************************************************
पढाईको सिलसिलामा म पनि लागें । फर्कन १४ महिना लाग्यो यो १४ महिनामा बेला बेलामा आप्mनो टोलमा हुने लोडसेडिङ गफको खुबै याद आईरहेको थियो । अत्यन्तै राम्री, बर्णन गर्न शब्दहरुको प्रयोग गर्दा पनि शब्दकोष रित्तिने हुसैनले माधुरीलाई गरेको बर्णन जस्तो को षोडसी रैछिन ? नजिकै आएपछि पो मैले चिने आमै ∕ यिनि त तिने उषा दिदि पो रै छिन् कस्तो चिन्न गारो परेको मलाई । १४ महिनामै यत्रो परिवर्तन ? जिन्स पाईन्ट र स्लिप लेस टप्स लगाएर छोरी डो¥याएर हिडदै म भएतिर आईरहेको थिईन् “हजुर कहिले आईसेको ? “हिजो” मेरो छोटो प्रत्यूत्तर । ”यो मेरो सेटमा निम्बुज ईन्स्टल गर्दिस्यो न ? सिधै आग्रह “हुन्छ सेट दिनुस त”? लिनुस् म छोरीलाई कोठामा छोडेर आईहाल्छु है भनेर उनी गईन्। म नेट कनेक्सन मिलाएर निम्बुज डाउनलोड गर्न लागें । यसै बिचमा त्यो प्रोग्रामलाई मिनिमाईज गरेर मोबाईल भित्र भएको फोटो तथा भिडियो हेर्न लागें । भित्रको भिडियो फोल्डरमा त राम राम सबै पोर्न क्लिपहरुको भिडियोहरु थिए । मनमनै मैले भने अरे म अध्ययन गर्ने बैंगलोरको होस्टलका केटाहरुसँग पनि यति धेरै क्लीप छैन होला । एउटी बिबाहित महिलाको मोबाईलमा पनि यस्तो क्लीप हुन्छ भने पहिलो पटक थाहा पाँए ।

उप्रेती बज्यैको ऋण त ४ महिनामै तिरिसकिन् रे दिदिले । ईराक ट्रिप परेको महिनामा त प्रति महिना १ लाखको दरले खनखनी गनेर आईएमई गर्छ रे दीपकले अहिले पनि ५० भन्दा घटेको छैन रे उस्को तनखा “हेर त कस्ती नक्चरी त्यहि उप्रेतीको छोरासंग सल्केकी छे रे” लोडसेडिङ गफ चल्थ्यो । हेर्दाहेर्दै उषा दिदिले उप्रेतीकै घरको साँधमा घडेरी किनी सकिन् रे । डेढ लाख पर्ने स्कुटर छ रे, एप्पलको ल्यापटप छ रे, आईफोनबाट लोग्नेसँग स्काईपमा चाट गर्छे रे फेसबुक चलाएर प्रशस्तै साथी बनाएकी छिन् भन्ने हल्ला गाउँमा बतास झै बगेको थियो ।

समयको गति संगसंगै मेरो पनि १ महिने छुट्टि सकियो अनि म गए बाँकि शिक्षा पुरा गर्न भारतको बैंगलोर ।

३ बर्ष पछि त मेरो ठाँउ, टोल सबै परिवर्तन भएछ । ठूला ठूला घरहरु बनेछन्, बाटाहरु कालोपत्रे भएछन् अरु धेरै परिवर्तन भएछन् । नचाहदै नचाहिदै पनि अनायासै त्यहि उषा दिदिको बारेमा सोधखोज गर्न पुगेछु । छिमेकी दाजुले स–बिस्तार लगाए, ४ कोठे घर बनाई सकेपछि लोग्ने चै आको ’थ्यो फेरि गयो, त्यसपछिका प्रत्येक रातहरु उषा दिदिको घरमा अपरिचित ब्यक्तिहरुको जमघट थलो बन्न थाल्यो, टोलमै बदनाम फैलाउने काम गरी । उस्कोमा आउने लफंगाहरु फोकटमा खाईपिई गरी रात रंगिन बनाएर जाने गर्दथे । लोग्ने फर्कनु भन्दा २ महिना अघि छोरीलाई माईतमा छोडी घर पनि बेचेर एउटा ट्रक ड्राईभरसंग गईछे गाउँलेहरुको कुरा सुनेर म अवाक बनें । अचानक मेरो मस्तिष्कमा उषा दिदिको परिवार रिक्सामा आएदेखिको घटना चलचित्र झै घुम्न थाल्यो ।
***********************************************************************************
एकदिन घाम ताप्दै बाहिर बसेको थिएँ त्यहि उषा दिदिको लोग्ने दिपक मेरो अगाडी टुप्लुक्क आईपुगे । लौन, दाई मेरो त बर्बादै भयो तेत्रो बर्ष बिदेश बसेर दिनरात नभनी कमाएको पैसा पनि छैन दश कक्षा पढदा पढ्दै भगाएको श्रीमती पनि आफनी भईन । कमसेकम छोरीको भविष्यका लागि अझै पनि फिर्ता आए सबै घटनालाई सपना ठानेर सबै कुरा बिर्सिदिन्थेँ, फेरि जीवन शुरु गर्थेँ, भन्दै रुन थाल्यो । म के बोलुँ के नवोलूँ को स्थितीमा थिएँ । भएको के हो बिस्तारमा बताउ भनेपछि उस्ले कुरा खोल्यो । २२ लाखमा घर बेचेर हिडेपछि २ महिना जति मोज गर्दैमा २÷३ लाख उडाएछन् बांकि रुपैया त्यहि ड्राईभरले पचाएर बेपत्ता भयो रे अहिले आएर माना चामल भराई पाउँ भनी मेरो पुर्खौली सम्पत्ति गाँउको जमिन आधा गर्न मुद्धा हाले कि छे रे ।” अनी तिमीले एउटा वकिललाई आप्mनो घटनाबारे स–बिस्तार भनन त, गल्ती त सबै उषाकै छ नी मेलै भने । त्यसपछि उस्ले भन्यो म धेरै ठाउँमा गएँ प्रमाणहरु पनि देखाएँ तर यो देशको कानुनले पुरुषको सहि कुरा नपत्याएर महिलाको मौखिक कुराहरु प्रमाणको रुपमा लिदोरहेछ । अझ दाई महिलाहरुको जस्तोसुकै मुद्धा पनि निःशुल्क रुपमा वकालत गर्ने रहेछन उनको पक्षमा वहस गर्न अहिले पनि ४ वटा महिला अधिकारबादी संस्था लागि परेका छन् रे । हामी जस्ताले के गर्न सकिएला र ?

समृद्ध भविश्यको कल्पनामा सुन्दर घर बनाउन शहर पसेको त्यो दिपक । मसँगको निरास वार्तापछि यो टोलमा देखिएन । कहिलेकाहि सोच्छु के भयो होला तिनीहरुको मुद्धा ? अहिले कहाँ होलान् तिनीहरु यस्को उत्तर अझै प्राप्त भएको छैन ।