My Instragram Photos

Sunday, December 11, 2011

पर्यटकको मृत्यु र हाम्रो कमजोरी

हामीले पर्यटन बर्ष मनाउने क्रममा, पर्यटकहरुको स्वागतमा तल्लीन हामी नेपालीहरुलाई एउटा दुखद घटनाले मर्माहित बनायो । नेपालको गुनगान गाउन कहिल्यै नहिच्कीचाउने दुई जना पर्यटकको मकवानपुर जिल्लाको नामटार गा.बि.स. स्थित राजपथमा बिहिबार मध्यान्ह मोटरसाईकल दुर्घटनामा मृत्यू भयो । उनीहरुले दुर्घटना हुनु भन्दा अगाडीको रात हेटौंडामा बिताएका थिए । त्यसै क्रममा उनीहरु नेपाल र नेपालीको ब्यबहार प्रति मोहित हुदै अर्को पटक नेपाल आउने बाचा गर्दै थिए । लालीगुराँस, सुनाखरी तथा अद्धितिय बनस्पतिहरुको प्राकृतिक संग्रहालय तथा बिभिन्न प्रजातिका जीब र चराचुरुङ्गी लगायतका जैबिक बिभिदताले भरपुर यस क्षेत्रमा जो सुकै पर्यटकहरु पनि शयर गर्न लालायित भएको देखिन्छ । यसै क्रममा न्यूजिल्याण्डको क्यारोल र मार्क नाम गरेका ति पर्यटक दम्पती यस क्षेत्रको शयर गर्ने क्रममा मकवानपुर जिल्लाको सुन्दरता संगै सदाको लागी बिलिन हुन पुगे ।

नेपालकै अब्बल मनोरम हेटौंडा–दामन–काठमाण्डौं पर्यटकिय मार्गमा भएको यो दुर्घटना के कति कारणले भयो भन्ने बारे स्पष्ट समाचार आउन सकेको छैन । स्थानियको अनुसार कुनै गाडीले ठक्कर दियो भन्छन, त्यस्तै कसैले स्पिडमा भएकोले मोटर साईकल लडेको भन्छन, तर जे जस्तो अनुमान गरे पनि नयां आउने पर्यटकलाई मार्गको बारेमा प्रशस्त जानकारी नभएकोले यो दुर्घटना भएको अनुमान गर्न सकिन्छ । यस्का लागी पर्यटन ब्यबसाय संग सम्बद्ध ब्यक्ति तथा संस्थाहरुले यथेष्ठ जानकारी गराउन नसक्नु पनि दुर्घटना कारक हुन सक्दछ । साईकल तथा मोटर साईकल भाडामा दिने संस्थाले पनि उक्त मार्गको बारेमा जानकारी दिनु पर्दछ ।
साईकिलीङ्गमा उत्कृष्ठ रुटको रुपमा आफ्नो पहिचान बनाउने क्रममाः यो मार्गमा सडक चिन्ह तथा सुरक्षा सम्वन्धि ट्राफिक चिन्हहरुको नामोनिशान भेटिदैन, अगाडी कस्तो मोड छ रु मोडपछि कस्तो बाटो छन रु ओरालो भिरालो कस्तो बाटो छन रु सवारीको गति कतिमा सिमित गर्नु पर्ने हो रु जस्ता कुराको जानकारी चिन्हहरु कतै भेटिन्न , न त सडक बारको ब्यबस्था छ , ठांउ–ठांउमा सडक भत्केर खाल्डा–खुल्डी छन, मर्मत गर्ने चासो देखाएको छैन । हामी नेपालीहरुलाई त सडक चिन्हको बारेमा न त जानकारी छ न त हामीले यस्को पालना नै गछौं , तर बिदेशीहरु यस्ता सडक चिन्ह प्रति एकदमै सचेत हुन्छन बिदेशमा यस्ता चिन्ह तथा संकेतको फलो गरेर सवारी चलाईन्छ । “जोगीको घरमा कुबेर पाहुना” भने झै पर्यटन बर्ष भनेर प्रचार प्रसार मात्र गरेर हुदैन पर्यटकहरुलाई आबश्यक पुर्वाधारहरुको पनि संगसंगै बिकाश हुनु जरुरी छ यहि पुर्वाधार अन्र्तगत सडक सुचना चिन्हहरुले बिशेष महत्व राख्दछ । यो राज्यको दायित्व होईन र रु पुर्ण रुपले अनिबार्य सवारी कर उठाउने राज्यले ट्राफिक चिन्हहरु राख्न नसक्नु घोर बेइज्जती होईन र रु हाम्रो सुन्दर देशको बिदेशमा नकरात्मक सन्देश जादैन र रु
मृत्यू भैसके पछि “मानिसको दिन आएपछि कस्को के लाग्छ” भनेर चित्त बुझाउने हामी नेपालीको बानी छ अर्थात मरेर गयो २–४ दिन पछि सबैले त्यो कुरा बिर्सन्छन तर भबिश्यमा यस्ता टुर्घटना न्यूनीकरण गर्न समयमै सचेत भई कमी–कमजोरी लाई हटाउने प्रयास गर्नु जरुरी छ , आशा गरौ भबिश्यमा हाम्रो दामन पर्यटकिय रुटको प्रत्येक मोडहरु चिहान डांडामा परिणत हुन पाउने छैन ।

No comments:

Post a Comment