साना छदाँ पहेंलो झन्डा को बिरुद्धमा
निलो टोपी लाएर निलै झन्डा बोकियो ।
परिबर्तन हुन्छ अरे भनेर । रहेछ त्यो फगत मृगतृष्णा ।
स्कुल पढदा क्रान्तीकारी बनें म केही "थाहा" पाउन
नैतिक शिक्षा र संस्कृत शिक्षा हटाउन
अनी शैक्षिक क्रान्ती ल्याउन, । रहेछ त्यो फगत मृगतृष्णा ।
४६ सालमा नहोमीएको हैन म ।
एकतन्त्री शासनको बिरुद्धमा
आमुल परीबर्नतको पक्षमा । रहेछ त्यो फगत मृगतृष्णा ।
बेलाबेलामा महाकाली ,कर्णाली बेच्दा पनी जुरमुराएकै थिए ।
हितमा परिणाम आउने आशामा
राजमार्गमा नारा लगाँए । रहेछ त्यो फगत मृगतृष्णा ।
राजनेताको दुर्घटनामा
हिन्दुस्तानी हिरोको नराम्रो भनाइमा
अनी इराकमा नेपाली मारिदा
मन बितृष्णा भएर के भयो । रहेछ त्यो फगत मृगतृष्णा ।
युद्धमा दाजुभाइ होमिंदा
यूद्धमै मरेको खबर सुन्दा । बिशेषत माडीमा बस पडकींदा ।
चित्त बुझाएरै बसें
परिबत्र्तनको नाममा । रहेछ त्यो फगत मृगतृष्णा ।
राजपरीवार सखाप हुदाँ
कपाल खौरीएर १३ दिन बारेँ ।
नयाँ राजाले राम्रो गर्छन भनी । रहेछ त्यो फगत मृगतृष्णा ।
परिबत्र्तन भएरै छाड्यो
अब हामी र हाम्रो पुस्ताले
स्वीटजरल्यान्डको अनुभुती गर्लान
भोट हाल्न गएं गदगद भएं । रहेछ त्यो फगत मृगतृष्णा ।
फगत मृगतृष्णा । मृगतृष्णा । । मृगतृष्णा । । ।