My Instragram Photos

Sunday, April 15, 2012

दार्जिलिङ्ग-- यात्रा तस्बीर

 यो नयाँबर्षमा ३ दिन दार्जलिङ्ग घुमाईको केहि सन्दर्भहरु प्रस्तुत गरेको छु अन्य यात्रा बर्णनहरु अर्को ब्लगमा । 

जाडोमा ब्यान ब्यानै ४ बजे उठेर हिडे पनि । दुखको कुरा हुस्सु र कुईरोले ढपक्क ढाकेर हेर्न नपाएको सुर्योदय । टाईगर हिल भन्नी यस ठाँउमा बैसाख १ गतेको दिन पनि जाडोले झन्डै जमिएन । भिड हेर्दा लाग्थ्यो खुल्लामन्च बाट भाषण सिद्धिएर छुटेको जस्तो सुर्यदय होस नहोस १० रुप्ये टिकट आनिबार्य । कफि बेच्ने केटीहरुको गफ बर्णन गर्न योग्य ।
ब्रिटिश पाला देखिनै चौरस्तामा घोडा डुलाउने काम गर्दै आएका परिवारको पुर्खाहरु जाहाँकोत्यहि भएकोमा गुनासो गर्देथिए । "अरु हरु हो -यो डाजिङ्गमा कहाँ देखि कहाँ पुगिसके हाम्रो त जाहाँको त्यहि पो छ, अलिक कमायो खायो, हल्का कमाको पैसा त बच्चाहरु पढाउनु खर्च गर्नु मै तुरिन्छ" भन्दैथे सानुभाई सुब्बा ।
लु नेपाली दाजु रहेछन ८० रुप्ये कम्पनी तिरेर एक राउन्ड चौरस्ता लगाईयो । 
नेपालमा त्यती सारो वास्ता नगरेको नेपाली बरिष्ठ कबि भानुभक्त आचार्यको शालिक भब्यरुपमा राखिएको ठाँउ चौरस्ता जुन काठमान्डौको ठमेल जस्तै क्षेत्र हो दार्जिलिङ्गको ।  यति मात्र हैन त्याहाँ बस्ने नेपालीभाषी हरुले मासिक रुपमै बिभिन्न साहित्य सम्बन्धी कार्यक्रमहरु गर्दा रहेछन र त्यस दिनमा भानुभक्त को प्रतिमामा माल्याअर्पण गर्न कदापी बिर्सदैनन । 


"बाउ ईन्डीया ब्रिटिश कम्पनीमा क्याप्टेन अरे- "अरु सबै फर्किए हामी चै यहि दार्जलिङ्गमा घर जम गरेर बसेको " नेपाली फररर बोल्ने एक बिदेशी महिला 

नेपालको नजिक पर्ने मिरीक अति आर्कषक पर्यटकिय बिन्दु  जाहाँ घोडा चडेको रु १०० लाग्छ भनेर चडिसकेपछि २ कि मि डुलाएँ भन्दै २०० माग्ने नेपाली भाषी भारतिय हरु ।

बुद्ध शान्ती स्तुप अत्यन्तै रमाईलो !

खोंचमा रहेको एउटा खोल्सा जस्तो ठाँउलाई यसो हल्का पुल पुलेसो अनी फुलबारी बनाएर श्रृजना गरेको "रक गार्डेन" प्रतिब्यक्ति १० भारु लिई प्रबेश गराईने यो गार्डेनमा दैनिक हजारौ पर्यटकहरु भ्रमण गर्दा रहेछन । हाम्रा देशको सरकार अनी ब्यबसायीहरुलाई अत्यन्तै जरुरी पाठ , यस्ता गार्डेन हाम्रा देशमा हजारौ बन्छ पैसा कमाउन पर्यटननै काफि हुन्छ. तर आबश्यकिय न्यूनतम पुर्वाधार(शौचालय, खानेपानी, बिश्राम स्थल) चै बनाउनु पर्छ है !!


चिया बगानमा भेटिएका यि २ जना भाईहरु चिया कमानकै अफिसको चौरमा फुटबल खेलेर आएको अरे ! भबिश्यमा तिमेरु पनि फुटबलरै बन्छौ कि क्या हो भनेर सोधेको "हो दाज्यू हामी फुटबलरै बन्छौ "एकजनाले भन्यो -म भाईचुङ्ग भुटिया जस्तो बन्छु अर्काले चै "म सागर थापा जस्तो बन्छु " पो भन्छ ,को सागर थापा ?भनेको त नेपालको टप फुटबलर हुन अस्ति साफमा हानेको गोल देखेर फयान भएको अरे !

बाटो छेउको एउटा ढूँगामा माथी बसेर २ जनाले डोरीले तान्ने तल बाट डोरी समाएर चडने रक क्लाईमिङ्ग रु ३० भारु अनी पर्यटकहरु तछाड मछाड । नेपालको पर्यटन बिकाशको लागी अर्को पाठ ।

मिरिक 

नेपाली पाहाडी पहिरन खोज्न दार्जलिङ्ग जानु पर्ने बिडम्बना । भाषा संस्कृती रहनसहन नेपालबाट हराईरहेको अबस्थामा बिदेशमा जोगाईराखेकोमा अत्यन्तै खुसी लागेको कपडा भाडा ३० रुप्ये भारु. फोटो रु ५० । पर्यटकको दिमाग चाटने बसन्तपुर ठमेल तिरका घुमुवा ब्यापारीहरुले सिक्नु पर्ने शिक्षा । 

बिर गोर्खाली सैनिक हरुको सम्मानमा बनाईएको बतासे स्मारक । अत्यन्तै रमणिय घुम बस्तिमा पर्ने यस डाँडा बाट हिमालय श्रृखला सहित दार्जलिङ्ग लगायत नेपालको सिमाना र मिनि रेल त्याहाँ घुम्दाको अबस्था अत्यन्तै रमणिय हुनेछ ।


दार्जलिङ्गको सुन्दर दृष्य


दार्जलिङ्गको जु मा खुल्ला रुपमा बिचरण गर्दे हिमाली कालो भालु 

No comments:

Post a Comment